अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी
२०८२ असार १२ विहिवार
- सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो ।
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका बारेमा संरचनागत सुधार, नीतिगत र समग्र प्रणालीको सुधारका लागि सरकारले पहल सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । सोही समितिमार्फत अध्यागमन प्रणालीको नीति, कानुन र संरचनात्मक सुधार गरिने गृहको दाबी छ । गृहमन्त्री रमेश लेखकका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुधारका लागि केन्द्रित भएर अध्ययन सुरु भइसकेको जानकारी दिए ।
मन्त्री लेखकले प्रमुख प्रतिपक्ष माओवादीसँग जेठ ३० गते भएको दुई बुँदे सहमतिको जगमै सरकारले समिति बनाएको र यसले नीतिगत सुधारको दिशामा काम गर्ने प्रतिक्रिया दिए । दुई बुँदे सहमतिमा अख्तियारको अनुसन्धानलाई सरकारले सहयोग गर्ने, अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारमा ठोस पहल गर्ने विषय समावेश छ ।
अध्यागम सुधारका सम्बन्धमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे भन्छन्,‘समितिले अध्यागमनका बिद्यमान समस्या जटिलताबारे अध्ययन र छानबिन गरी समग्र अध्यागमन प्रणाली सुधार गर्न नीतिगत कानूनी र संरचनगत सुधारका लागी सरकारलाई सुझावसहितको सिफारिस गर्नेछ ।’
समितिले समस्याको दीर्घकालिन समाधान खोज्ने, नेपाल बाहिर जाने र देशभित्र प्रवेश गर्ने व्यक्तिको आवतजावतलाई व्यवस्थित र सरलिकृत गर्नेमा आफू विश्वस्त रहेको घिमिरेले बताए ।
अध्यागमनमा कुनै पनि भ्रष्टाचारजन्य अनियमिताको सघन अनुसन्धान गर्ने पाटोमा अख्तियार अनुसन्धान आयोग जस्तो संवैधानिक निकाय सक्रिय भएको अख्तियारको अनुसन्धानलाई कहीकतैबाट असर् नपर्नेगरी सरकारले समिति बनाएको मन्त्री लेखकले बताए ।
समितिलाई ९ बुँदे कार्यादेश दिइएको छ, जसअनुसार अध्यागमन सुधार, प्रविधि प्रयोग, अन्तर्राष्ट्रिय अभ्यास, र यात्रु सहजताको उपायहरू पहिल्याइनेछ । र सोही अनुसार कार्यान्वयनमा लैजान सरकारले अग्रसरता लिने जनाइएको छ ।
हालै अध्यागमनमा देखिएका समस्या समाधानको समाधान खोजिएका बेला गठन भएको समिति दिर्घकालिन सुधारको मोडेल बन्न सक्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रशासनिक सुधारमार्फत अध्यागमको समस्यालाई दिर्घाकालिन समाधान गर्न र्पूमुख्यसचिव कै नेतृत्वमा समिति निर्माण भएकाले सोही अनुसारको परिणाम आउने सचिवालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।