विदेशमा रहेका नेपालीहरुको सुरक्षा, मूल्यांकन र सेवामा तत्पर छौं: मन्त्री राणा
२०८२ असार १२ विहिवार
- विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौ भन्ने विषयमा एकदमै दृढ भएर लागिरहेको बताइन् ।
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई सुधार गर्दै जाने बताएकी छन् ।
विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौ भन्ने विषयमा एकदमै दृढ भएर लागिरहेको बताइन् ।
उनले भनिन्, ‘बाहिर काम गर्न जानु भएका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौ भन्ने विषयमा एकदमै दृढ भएर लागेका छौं । दुईतीन मन्त्रालय मिलेर काम अगाडि बढाइरहेका छौ । अझै सुधार गर्छौ । विदेशमा जतिपनि नेपालीहरु छन् उनीहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई अझ सुधार गर्दै जान्छौं ।’
यस्तै, उनले वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाकै हिसाबले ‘श्रम संसार’ भन्ने एप रजिस्टर गरेको र त्यो सफल भयो भने कुन देशमा को छ भन्ने कुरा सहजै उपलब्ध हुने बताइन् ।
सोही क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले नेपाली नागरिकहरु को कहाँ गएका छन्, कति गएका छन् भन्ने विषयमा धेरै खाडलहरु भएको भन्दै यसलाई सुधार गर्दै जाने क्रम सुरु गरेको बताए ।
उनले भने, ‘नेपाली जुनसुकै ठाँउमा भएपनि नेपाली हो भन्ने कुरा उनले पनि अनुभूति गर्नुपर्छ र दायित्व भोग्नुपर्ने हुन्छ । तर प्रश्न के छ भने अहिले नेपाली को कहाँ गएका छन्, कति गएका छन् भन्ने कुरा धेरै खाडलहरु छन् । जसलाई सुधार गर्दै जाने क्रममा आजको अवस्थासम्म आइपुगेका छौं ।’
साथै, उनले सूचनाको अभावले नेपालीहरु ठगिने गरेको भन्दै सूचना प्रणालीलाई बलियो बनाउनको लागि प्रविधिहरुको प्रयोग गरेर राष्ट्रिय स्तरको पोर्टलको घोषणा गरेको बताए ।
उनले भने, ‘आज जुन पोर्टलको घोषणा गरेका छौ, यसलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने छ । राष्ट्रिय स्तरको पोर्टल भएकाले सेवाहरु जोड्दै जान्छौ । सेवा जोड्ने क्रममा प्रत्येक पालिकादेखि विदेशसम्म नेटवर्क बनाउन खोजि गरिरहेका छौ । नागरिक एपमा पनि जोड्या छौ । सूचनाको अभावले नेपालीहरु ठगिने गरेकाले सूचना प्रणालीलाई बलियो बनाउनको लागि प्रविधिहरुको प्रयोगमा बृद्धि गरेका हौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।