प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ : गृहमन्त्री लेखक
२०८२ असार ११ बुधवार
- बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ मा प्रहरी संगठनका बारेमा उल्लेख नगरेको भन्दै यस विध्येकमा उल्लेख गरी प्रहरीको समायोजनलाई सरल बनाउने बताएका हुन् ।
काठमाडौं गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन संशोधन गरी प्रहरी समायोजनका विषयसँगै प्रदेश प्रहरीका विषयहरु समावेश गरिने बताएका छन्
बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ मा प्रहरी संगठनका बारेमा उल्लेख नगरेको भन्दै यस विध्येकमा उल्लेख गरी प्रहरीको समायोजनलाई सरल बनाउने बताएका हुन् ।
उनले भने,‘हामीले प्रहरी समायोजन गर्ने भनेका छौ । तर प्रहरीको समायोजनका बारेमा अरु दुईवटा कानून त बनायौ तर प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ हो त्यसमा प्रहरी संगठनका बारेमा उल्लेख गरेको अवस्था छैन,’ गृहमन्त्री लेखकले भने, ‘यसले संविधानको भावना अनुरुप प्रदेश प्रहरीका विषयहरु समेत यसमा उल्लेख गरेर प्रहरीको समायोजनलाई सरल, सहज गर्ने उद्देश्यका साथ यो आएको छ ।’
उनले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा नेपाल प्रहरी सेवालाई प्रभावकारी बनाउँदै अपराध रोकथामका लागि आवश्यक व्यवस्था गरिएको बताए ।
उनले भने, ‘नेपाल प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिबद्ध व्यवसायीक, जवाफदेही र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती सुरक्षा, सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न आवश्यक व्यवस्था यो विधेयकमा गरिएको छ ।’
आजको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।