भन्सार प्रक्रियालाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आवश्यक :अर्थमन्त्री
२०८२ असार ११ बुधवार
- बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकका विषयमा भन्सार प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
काठमाडौं : विधायन व्यवस्थापन समितिको बुधबार बसेको ८३औँ बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकका विषयमा भन्सार प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
मन्त्री पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउँदै भन्सार महसुल संकलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्न भन्सार ऐन संशोधन अपरिहार्य भएको उल्लेख गरे ।
उनले भने, ‘भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सुरक्षित बनाउन भन्सार महसुल संकलनमा दक्षता तथा प्रभावकारीता अभिवृद्धि गर्नुपर्छ । यसको आर्थिक विकासमा टेवा पुर्याउन आवश्यक छ । भन्सारका प्रक्रियालाई सरल प्रभावकारी र प्रविधिमैत्री बनाई अगाडि लानुपर्ने आवश्यकता छ ।’
भन्सार ऐन र भन्सार आयोगसँग सम्बन्धित कतिपय प्रावधान संशोधन गर्नुपर्ने देखिएको पनि उनले स्पष्ट पारे । उनले विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव नहुने बताए ।
उनले भने, ‘भन्सार सम्बन्धी प्रावधानहरु भन्सार ऐनबाट संशोधन गर्नुपर्ने देखिएको छ । नेपालको भन्सार कानुन र भन्सार आयोगमा कतिपय कुराहरु संशोधन गर्नुपर्ने देखिन्छ । विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव हुन सक्दैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।