वैरागी नेतृत्वको समिति १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रपोगाण्डा हो : शाही
२०८२ असार १० मंगलवार
- मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसका विरुद्धमा राप्रपा सडक र सदनमा उभिने बताए ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसका विरुद्धमा राप्रपा सडक र सदनमा उभिने बताए ।
उनले भने, ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न सकिदैँन् । यो कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भनेर भन्दैगर्दा के हो छानबिन समिति हुनसक्छ ? यो त निगाहा प्राप्त गरेको, अझ अपराधलाई कसरी ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रपोगाण्डा हो । यसका विरुद्धमा राप्रपा सडक र सदनमा जान्छ । यो समितिले न्याय दिन सक्दैँन् । संख्याको आधारमा यो प्रकरणलाई निस्तेज नपारियोस । यो मान्छे बेच्ने प्रक्रिया हो । यसमा हाम्रो आपत्ति छ ।’
यस्तै, उनले सत्ताको नसा लागेपछि मान्छेले आफूलाई भगवान सम्झिने भन्दै भिजिट भिसा प्रकरणमा बेचिएका नागरिक राप्रपा र रास्वपाका मात्रै होइनन् काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि भएको बताए ।
उनले भने, ‘सत्ताको नसा यस्तो लाग्छ कि मान्छेले आफूलाई भगवान सम्झिन्छ । जनताको भलाई बिर्सिएर केवल आफ्नो स्वार्थमा लिप्त रहन्छ । भिजिट भिसा प्रकरण आज हामी कति दल छौ, कति सांसद छौ, कति हाम्रो संख्या छ यसले महत्व राख्दैँन् । अहिले जसरी ती बेचिएका नागरिक छन् ती नागरिकहरु के राप्रपा र रास्वपाका मात्रै हुन् त ? ती बेचिएका नागरिकहरु काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि छन् । वा एक वाक्यमा भन्दा नेपाली नागरिक हुन् । ती नागरिकलाई बेच्ने जुन अपराध भयो, यस्तो अपराधमा शंकाको घेरामा राजनीतिक दलहरु, विशेष गरेर१८ वर्षमा १४ जना गृहमन्त्रीहरु भए । ती सबैलाई नै अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर माग गरिरहेका छौ । तर अहिले दूधको साक्षी बिरालो जस्तो मात्र भयो ।’
जसका विरुद्धमा छानबिन हुनुपर्ने हो, उनीहरुले नै कर्मचारी राखेर छानबिन समिति बनाए यसले विधिको शासन स्थापना नगर्ने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।