युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय
२०८२ असार १० मंगलवार
- मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् ।
काठमाडौं : श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् ।
उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरु गर्नेछौ । भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौ ।’ उनले थप भने, ‘वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।’
मन्त्री भण्डारीले युरोपमा संस्थागतरुपमा श्रमिक पठाउने व्यवस्था गरिनुका साथै उच्च मानवअधिकार भएका देशहरुमा श्रमिक पठाउने तयारी भइरहेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’