- उनले उद्योगीहरूसँगको बक्यौता नियमसंगत र प्रक्रियागत ढंगले उठाइने पनि बताए ।
काठमाडौं: ऊर्जा मन्त्री दीपक खड्काले टेक एन्ड पे व्यवस्था संशोधन हुने जानकारी दिएका छन् ।
साना जलविद्युत् योजना र निर्यात सुनिश्चित भएका आयोजनामा ’टेक अर पे’ नै उपयुक्त हुने मन्त्रीको भनाइ छ ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका पश्नको जवाफ दिँदै उनले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिएका हुन् ।
उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ । संशोधन भएर आउने विश्वास लिएको छु ।’
त्यस्तै उनले उद्योगीहरूसँगको बक्यौता नियमसंगत र प्रक्रियागत ढंगले उठाइने पनि बताए ।
उनले भने, ’बक्यौता संकलन गर्नका लागि प्रक्रियागत ढंग अपनाइन्छ र यसमा कुनै कदाचित भ्रमको स्थान छैन ।’
त्यस्तै भारतका कारण कसरी लोडसेडिङ अन्त्य भयो भनेर उठाइएको प्रश्नको उत्तर दिँदै उनले,‘भारतमा हामी विद्युत बिक्री पनि गर्छौँ । बर्खायाममा बेच्छौँ र हिउँदमा किन्छौँ । किन्नेबेच्न भइरहेको छ । हामीलाई चाहिएको बेलामा उहाँहरूले दिने उहाँहरूलाई चाहिएको बेलामा हामीले दिने भएको कारणले यो लोडसेडिङ अन्त्य हुने विषयमा विद्युत नभई लोडसेडिङ अन्त्य हुँदैन । त्यसै व्यक्तिले गरेर हुने कुरा भएन । यसरी आदान प्रदान भएर लोडसेडिङको अन्त्य हुँदै आएको हो । हामीले निर्यात पनि गरिरहेको छौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।