विदेशमा रहेका नेपाली दूतावास ‘कुखुराको खोर’ जस्ता: मन्त्री राणा

२०८२ असार ०९ सोमवार
सारांश
  • नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन् ।

परराष्ट्र मन्त्रि आरजु राणाले विदेशमा रहेका नेपाली दूतावास ‘कुखुराको खोर’ भन्दा सानो भएको बताएकी छिन ।

 

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन् ।

 

उनले भनिन्,’हाम्रो राजदूतावासहरू हाम्रो वडा कार्यालय भन्दा नि राम्रो स्थितिमा छैनन् । म अस्ति जापान राजदूतावास गएको थिए, म डिप्रेस भएर फर्किए । फाइलको चाङले मान्छे बस्ने ठाउँ पनि छैन । कुखुराको खोर भन्दा सानो राजदूतावास ।’

 

उनले विपिन जोशीको रिहाइको लागि कतार र संयुक्त अरव ईमिरेट्सका परराष्ट्र राज्य मन्त्रीहरु तथा इजिप्ट, टर्की र इरानका परराष्ट्र मन्त्रीहरुलाई पत्र लेखी अनुरोध गरेको जानकारी दिइन् ।

 

क्रोयसियामा ३१ मेमा सवारी दुर्घटनामा मृत्यु भएका रबी महतो सुरीको शव नेपाल ल्याउन अपुग भएको रकम बैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले शव यथाशीघ्र नेपाल ल्याउन दूतावासले आवश्यक प्रकृया अगाडि बढाएको पनि उनले जानकारी गराइन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार