विपिनलाई फर्काउन हामीले सक्दो प्रयास गरिरहेका छौँ: परराष्ट्रमन्त्री राणा

२०८२ असार ०९ सोमवार
सारांश
  • सोमबार संसद्‍मा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।

काठमाडौँ: परराष्ट्र मन्त्रि डा आरजु राणाले हमास द्वारा बन्धक बनाईएका विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि प्रयास भैरहेको बताएकी छन्।

 

उनले आफूले इजिप्ट, टर्की र इरानका परराष्ट्रमन्त्रीहरूसँग कुराकानी गरेको बताउँदै यसलाई गिभअप गर्न नहुने जिकिर गरेकी हुन्।

 

‘हाम्रा छोरा विपिन सकूशल छन् र फर्किनेछन्। हामीले पहल गरिरहेका छौँ। कहिल्यै गिभअप गर्नु हुँदैन,’ उनले भनिन्।

 

साथै, उनले हसासको बन्धनमा रहेका भनिएका विपिनको रिहाइका लागि आफू मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले पनि पहल गरिरहेको बताएकी हुन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार