बजेटको न्यायपूर्ण वितरण हुनुपर्छ : पूर्ण बस्नेत

२०८२ असार ०९ सोमवार
सारांश
  • बस्नेतले बजेटबारे टिप्पणी गर्दै देश र जनतालाई केन्द्रमा राखेर बजेटको वितरणलाई न्यायपूर्ण बनाउन माग गरेका हुन् ।

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय सरकारले ल्याएको बजेटको न्यायपूर्ण वितरण हुनुपर्ने बताएका छन् । बस्नेतले बजेटबारे टिप्पणी गर्दै देश र जनतालाई केन्द्रमा राखेर बजेटको वितरणलाई न्यायपूर्ण बनाउन माग गरेका हुन् ।


बस्नेतले भने, ‘बजेटको न्यायपूर्ण वितरणले मात्र न्यायपूर्ण समाजको निर्माण गर्न मद्दत गर्छ ।  देशभरीका जनताको करबाट बनेको बजेट केही मन्त्रीको निर्वाचन क्षेत्रमा खन्याइनु दुखद् छ । बजेटको असन्तुलित वितरणलाई सच्याइनुपर्छ ।’  


सत्तापक्षका सांसदहरुले समेत बजेटको वितरणप्रति आपत्ति जनाइरहेको भन्दै बजेटलाई नेतामुखी हैन जनमुखी बनाउनुपर्नेमा उनले जोड दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार