व्रिटिस गोर्खा सैनिकको माग र नेपाली नागरिकताको निरन्तरता स्वाभाविक छ’
२०८२ असार ७ शनिवार
- कांग्रेस सभापति देउवाले व्रिटिस गोर्खा सैनिकले पनि अन्य सैनिक सरह सेवा र सुविधा पाउनुपर्ने बताउँदै नागरिकताको निरन्तरताको माग स्वभाविक भएको धारणा राखे ।
काठमाडौं: संविधानविद् वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञावलीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता ः व्रिटिस गोर्खा बंशजको नागरिकता निरन्तरता’ पुस्तक विमोचन गरिएको छ ।
शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले व्रिटिस गोर्खा सैनिकलाई नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने विषयमा आफ्नो धारणा राखेका छन् । उनीहरूले सो विषयलाई गम्भीर बहस र छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस सभापति देउवाले व्रिटिस गोर्खा सैनिकले पनि अन्य सैनिक सरह सेवा र सुविधा पाउनुपर्ने बताउँदै नागरिकताको निरन्तरताको माग स्वभाविक भएको धारणा राखे ।
उनले भने, ‘व्रिटिस गोर्खा सैनिकहरुले अरु सैनिक सरह नै सेवा र सुविधा पाउनुपर्छ भन्नेमा म स्पष्ट छु । व्रिटिस गोर्खा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरताको कुरा उठाएका छन् । यस विषयमा राजनीतिक दलहरुले बहस, छलफल गरेर स्पष्ट गर्नेछन् । व्रिटिस गोर्खा सैनिकहरुले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने कुरा उठाउनु स्वभाविक हो ।’
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा नागरिकता विषयमा बुझाइको कमी रहेको उल्लेख गर्दै गहिरो सोचसहित समसामयिक विश्व प्रवृत्तिलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।
उनले कुनै पनि चिजलाई बुझ्ने विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसात गर्ने र त्यसअनुसार आफ्नो पहिचान मिलाउने कुरामा नेपालीहरु सधैं चुकिरहेको बताए ।
उनले भने, ‘नागरिकता भन्ने विषयमा नेपालमा बुझाइको अलपदा छ । एउटा गहिराइमा गएर कुनैपनि चिजलाई बुझ्ने विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसात गर्ने र त्यसअनुसार आफ्नो पहिचान मिलाउने कुरामा सधैं चुकेका छौं । अब यो व्रिटिस गोर्खा सैनिकहरुले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने विषयलाई सच्याउनुको निम्ती सबैले आत्मसात गरौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।