नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ: सांसद कार्की

२०८२ असार ७ शनिवार
सारांश
  • उनले भिजिट भिसा प्रकरणमा छानविन र उच्चस्तरीय छानविन हुनुपर्ने बताइन् ।

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन र अनियमितताबारे गम्भीर आरोप लगाउँदै गृहमन्त्रीको राजीनामाको माग गरेकी छन् ।


शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले लामो समयदेखि राप्रपाले जनताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विशेषगरी भिजिट भिसाको दुरुपयोग गरी विदेश पठाइएका नेपालीहरू, बेचिएका चेलिबेटीहरू र जीवन जोखिममा पारिएको भन्दै राजीनामा माग गरेकी हुन् ।


‘आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौंं’, सांसद कार्कीले भनिन्, ‘हामीले आवाज उठाएका छौं । नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरुका लागि, रसिया गएर मारिएका र काल कुरेर बसेका नेपालीहरुका लागि । यि सबै काम भिजिट भिसाको कमालले हो ।’


उनले भिजिट भिसा प्रकरणमा छानविन र उच्चस्तरीय छानविन हुनुपर्ने बताइन् ।


सांसद कार्कीले भिजिट भिसासम्बन्धी प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार