विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्ने
२०८२ असार ०६ शुक्रवार
- सबै सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ संगठन, संघ संस्थाहरु क्रियाशील हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भए यसको प्रभावकारिता झन् बढ्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय अन्तरगत राखेर आवश्यक ऐन र नियमावलीको व्यवस्था गर्ने हो भने यसले प्रभावकारी बढ्ने बताए ।
उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भयो र यसमा कमी रहेको ऐन र नियमावलीको व्यवस्था भयो भने मात्र यसले प्रभावकारी काम गर्न सक्छ भन्ने जुन सुझाव आएको छ त्यो सही हो । मेरो आफ्नै अनुभवले पनि त्यो सही हो भन्ने लागेको छ । यस विषयको संवेदनशिलता र प्राप्त सुझावका आधारमा सरकारको ध्यानाकर्षण पनि गराउने छु र यसले केही न केही प्रत्यक्ष असर गर्ने नै छ ।’
यस्तै, उनले मनसुनको ठूलो खतरा आउने अनुमान भएको हुनाले यसको तयारीलाई तिव्रता दिनको लागि सबै सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ संगठन, संघ संस्थाहरु क्रियाशील हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।