गृहमन्त्रीले भूइँमान्छेलाई तिरस्कार, आन्दोलन जारी रहन्छ : सांसद ढकाल

२०८२ असाढ ५ बिहिवार
सारांश
  • उनले भिजिट भिसाको नाममा भइरहेको संगठित मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनासमेत माग गरेका हुन् ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको भूमिकामाथि आलोचना गरेका छन् ।


उनले भिजिट भिसाको नाममा भइरहेको संगठित मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनासमेत माग गरेका हुन् ।


सांसद ढकालले सदनमा बोल्दै भने, ‘आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर लाखौं युवा तस्करको जालमा परेका छन् । तर सरकारले हाम्रो आवाज सुन्ने प्रयाससमेत गरेको छैन ।’


उनले गृहमन्त्रीमाथि भूइँमान्छेहरुको आवाजमाथि कटाक्ष गरेको आरोप पनि लगाए । ‘गृहमन्त्रीज्यू सदनमा आएर भूइँमान्छेप्रति तिरस्कार जनाउनुभयो,’ उनले भने, ‘तर विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो भन्ने प्रश्नको जवाफ उहाँसँग छैन ।’


ढकालले अख्तियारले ताकेता गरेपनि विमानस्थलमा रहेको मानव तस्करी र्याकेटमाथि अनुसन्धान सुरु नगर्नु, अनावश्यक कर्मचारी थप्नु र गृहमन्त्रीकै सचिवालयका कर्मचारी सरुवा हुनु जस्ता विषयमा सरकार मौन बसेको बताए ।


उनले डिआइजी सरुवा प्रकरणमा पनि गृहमन्त्रीले जवाफ नदिएको उल्लेख गरे । ‘यस्तो गम्भीर विषय लिएर हामी आन्दोलित हुँदा सरकार चुप छ, ’उनले भने, ‘हाम्रा माग सम्बोधन नभएसम्म र गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहनेछ ।’


रास्वपाले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, त्यसमा संलग्न नेटवर्कको अनुसन्धान, र गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार