भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन्
२०८२ असार ०४ बुधवार
- गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरु खडा जाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नो विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।
गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरु खडा जाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नो विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
२ हजार भन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिष झाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको बताए ।
उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास भएको उनले प्रष्ट्याए ।
‘भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो। त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौ। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो।’उनले भने
रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको समेत उनले बताए ।
उनले भने,‘रास्वपाले यसलाई बिषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ। सासंद सुमना श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत छ। यस प्रकारको ब्यबहार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन। तथापि, पार्टीमा आबद्ध कोही ब्यक्ती भए नभएको बारे सत्य तथ्य पत्ता लगाउन प्रा डा माननीय चन्दा कार्की भण्डारीको संयोजकत्वमा बनेको यस समितिमा बरिष्ठ अधिवक्ता डाक्टर नारायण घिमीरे र पूर्व क्क्ए लव बिष्ट सदस्य रहनुभएको छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।