अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैनन : दिपक बहादुर सिंह
२०८२ असार ०२ सोमवार
- संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरु आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए ।
काठमाडौं : पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले यस वर्षको बजेटमा युवा शक्तिहरुलाई देशमा रोक्ने र कलकारखानाहरु खोल्ने उद्देश्य नराखेको बताएका छन् ।
संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरु आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए ।
‘हाम्रो उद्देश्य के हुन्छ भने मेरो चुनाव क्षेत्रमा कसरी योजना धेरै पार्ने र साढे २ वर्षपछि फेरी कसरी आउने भन्ने बाहेक हामीमा केही छैन । बजेट आएको छ यसमा त्यो उद्देश्य छैन कसरी हामीले युवा शक्तिहरुलाई देशमा रोक्ने, नयाँ नयाँ कलकारखानाहरु खोल्ने भन्ने यो बजेटले कतैपनि देखाएको छैन । आज भएको उद्योग पनि बन्द हुने अवस्था छ ।’
उनले नदि तटबन्धमा प्रयोग गरिने जालीहरुमा १० प्रतिशत भन्सार बढाउनु न्यायोचित नभएको बताए ।
यसैगरी कार्यक्रममा बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले संसदीय निगरानी अनुगमन, प्रस्तुतिहरु परम्परा धान्नका लागि मात्र गर्ने गरेको बताए ।
‘हाम्रा प्रस्तुतिहरु प्रस्तुतिका लागि प्रस्तुति, अनुगमन पनि अनुगमनका लागि अनुमगन, हाम्रो लोकतन्त्र चुनावदेखि चुनावसम्म भएको छ यो ठाउँबाट हामी अगाडि बढ्ने बेला भयो कि भएन । अनुमगन भईरहेकाको नतिजा के आयो भन्ने कोणबाट बहस गर्ने थाल्नुपर्छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।