भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप
२०८२ असार ०२ सोमवार
- सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले विगत २० दिनदेखि यो विषय सार्वजनिक रुपमा चर्चामा आएको भन्दै राज्य संयन्त्र स्वयं यसमा संलग्न भएको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले विगत २० दिनदेखि यो विषय सार्वजनिक रुपमा चर्चामा आएको भन्दै राज्य संयन्त्र स्वयं यसमा संलग्न भएको बताएका हुन् ।
‘विगत लामो समयदेखि, २० औँ दिनदेखि भिजिट भिसाको आवरणमा राज्यको संयन्त्रले निजी बनाएर गरिरहेको मानव बेचबिखनको कुरा बाहिर आएका छन्,’ उनले भने, ‘यो राज्य जनताको लागि हो कि शासकहरूको लागि हो? आफ्नै नागरिकलाई अनेक कानुन बनाएर, संरचना बनाएर बेचबिखन गर्ने, तस्करी गर्ने राज्यलाई कसले जवाफदेही बनाउने ?’
परियारले राज्य जनताको हितका लागि हुनुपर्नेमा, आजको राज्य व्यवस्था शासकहरुको स्वार्थमा सीमित भएको टिप्पणी गरे ।
‘आम नागरिकको सुरक्षाका लागि, जनताको हितका लागि राज्य अवधारणा आएको हो, ताकी शासकहरूको लागि होइन,’ उनले थपे ।
संसदमा संख्या र सत्ताको दम्भ देखाउँदै जनताका मुद्दा बेवास्ता गरिएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे।
‘हजुरहरुसँग संसदमा संख्या होला, दम्भ होला,’ परियारले भने, ‘जब शासकहरूको आफ्नै इतिहास लेख्ने इतिहासकारहरू हुने छन्, त्यतिबेलासम्म सिकारको होइन, सिकारीको इतिहास लेखिने छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।