उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी
२०८२ असार ०२ सोमवार
- सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन् ।
सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री भण्डारीले महिलाहरु उद्यमशिलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनपर्ने समेत बताए । उनले यो आर्थिक बर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे ।
उनले नेपालको उद्योगहरुको समस्या नै अरुमा आधारित हुनु नै नराम्रो पक्ष भएकाले अरुको भर पर्न नहुने बताए । उनले नेपालको लोकल मदिरालाई समेत विदेशमा बेच्ने तयारी गरिरहेको र अब नयाँ मोडालिटीका साथ अघि बढ्ने समेत बताए ।
उनले भने, ‘मुल्याकंन कहाँ हुन्छ भन्दा उत्पादित वस्तुको हुन्छ । आफ्नो उत्पादनको बजारिकरण गर्न आवश्यक छ । उद्यमशिलतालाई प्राथमिकतामा राखेर समस्यालाई समाधान गर्न आवश्यक छ । कानुन अथवा नीति नियमबाट उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक छ । यतिबेला नेपालमा आर्थिक पूँजीलाई जसरी प्रवद्र्धन गर्नपर्ने हो त्यो हुन सकेन । ललितपूर महानगरपालिकाले आयोजना गर्दा लगानीको क्षेत्रको बजारिकरण भैइरहेको छ । नेपालको उद्योग क्षेत्र प्रतिस्पर्धामा आउन सकेको छैन । नेपालको उद्योगहरुको समस्या नै अरुमा आधारित हुनु नै नराम्रो पक्ष हो । हामीले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिन आवश्यक छ।’
त्यसैगरी उनले नेपालमा महिलाहरुले उत्पादन गरेको उत्पादनको ट्याक्स फ्रि भनेर महिलालाई प्रोत्साहन गर्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।