भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग
२०८२ असार ०२ सोमवार
- सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यसविषयलाई गम्भीररुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्यन र छानबिन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यसविषयलाई गम्भीररुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
उनले भने, ‘यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ । सबैले उठाउँदै आइरहेको विषय यही थियो । उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ । सरकारले ३० दिन भित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । हामीले त्यो कुरामा विश्वास पनि गरेको छौं । म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केही दिन तत्काल गठन गरेर सबैभावना केन्द्रीकृत गर्न सरकारलाई आग्रह गर्छु ।
त्यस्तै उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित सरकारले प्रतिबद्धता जनाएको स्मरण गर्दै कुनै बाहानामा सो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्न बताए ।
‘हामीले सदनभित्र असार १५ गतेभित्र शिक्षा विधेयक पारित गरिसक्ने लाखौं शिक्षकसँग सरकारले प्रतिबद्धता गरेको छ । हामीले त्यो विधेयक पारित गर्नुपर्ने छ । सरकार कुनै पनि बाहानामा त्यो त्यो जिम्मेवारीबाट नपन्छियोस् ।’ उनले भने
निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने शक्ति बस्नेतले बोल्ने क्रममा नाराबाजी रोकेर मौन समर्थन जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।