बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस् : अध्यक्ष लिङ्देन
२०८२ असार ०२ सोमवार
- सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिप्रक्षा दलले विरोध जनाउँदै गर्दा जबरजस्ती यस प्रकारले संसदको बैठक अगाडि बढाउने कर्मकाण्डीमा राप्रपा सहभागी नहुने बताए ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आफूहरुले बैठक बहिस्कार गर्दासम्म राप्रपाको सदस्यको नाममा आउने भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गर्न माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिप्रक्षा दलले विरोध जनाउँदै गर्दा जबरजस्ती यस प्रकारले संसदको बैठक अगाडि बढाउने कर्मकाण्डीमा राप्रपा सहभागी नहुने बताए ।
उनले भने,‘ जबसम्म जबरजस्ती यस प्रकारले संसदको बैठक अगाडि बढाउने काम भइराख्छ यो कर्मकाण्डीमा राप्रपा सहभागी हुँदैन् । बहिस्कार गछौं । जबसम्म हामी बैठक बहिस्कार गछौं राप्रपाको सदस्यको नाममा आउने भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था होस् ।’
त्यस्तै उनले एक सिट मात्रै भएको राजनीतिक दलले पनि प्रतिनिधिमा सहभागिता जनाउन पाउनेगरी निर्वाचन प्रणालीको व्यवस्था भएको भएतापनि एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको उत्तिकै मर्यादा र उत्तिकै हैसियत संसद नभएको बताए ।
संसदमा दुई पार्टीले विरोध जारी राखेको बेला जबरजस्ती संसद अगाडि बढाउनु संसदीय मर्यादायको दृष्टिकोणले उचित नहुने भन्दै उनले जबरजस्ती संसद चलाउने काम बन्द गर्न आग्रह समेत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।