अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह
२०८२ असार ०१ आईतवार
- आइतबार काठमाडौंमा आयोजित नेपाल शेर्पा संघ, संघीय कार्यसमितिको ७ औं राष्ट्रिय महाधिवेशनमा उनले प्राप्त अधिकारभन्दा बढि खोज्दा अहिले भएको उपलब्धी पनि गुम्ने भन्दै प्राप्त अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई पनि बिर्सन नहुने बताए
काठमाडौं : उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल शेर्पा संघ, संघीय कार्यसमितिको ७ औं राष्ट्रिय महाधिवेशनमा उनले प्राप्त अधिकारभन्दा बढि खोज्दा अहिले भएको उपलब्धी पनि गुम्ने भन्दै प्राप्त अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई पनि बिर्सन नहुने बताए ।
उनले भने, ‘तपाई–हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने प्राप्त गरेको अधिकार सुरक्षित राख्ने कि नराख्ने प्रश्न भन्ने प्रश्न छ । प्राप्त गरेको अधिकारभन्दा पनि बढि अधिकार खोज्दा अहिले प्राप्त गरेको उपलब्धी र अधिकारहरु छन् त्यो पनि गुम्ने हो की भन्ने चिन्ता छ । यस कारण प्राप्त गरेका अधिकारको महत्वलाई पनि बुझ्नुपर्छ । अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई बिर्सिनु हुदैँन् ।’
यस्तै, उनले लामो संघर्ष, त्याग, तपस्याबाट प्राप्त भएको अधिकारलाई सुरक्षित राख्न सक्नुपर्ने पनि बताए ।
उनले भने, ‘प्राप्त गरेको अधिकार कसैको दया मायाले दिएको होइन् । लामो संघर्ष, त्याग, तपस्याबाट प्राप्त भएको हो । यसलाई सुरक्षित राख्न सक्नुपर्छ । यसो गरेमात्र आम जनताको चहाना राजनीति स्थिरता र स्थिायित्वको आधारमा नेपाललाई सम्पन्नताको मार्गमा अगाडि बढाउन सकिन्छ र यसमा शेर्पा समुदायको पनि महत्वपूर्ण भूमिका हुन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’