सार्वजनिक यातायात सुधारमा कांग्रेस गम्भीर: सभापति देउवा

२०८२ असार ०१ आईतवार
सारांश
  • सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताप्रति आस्था राख्ने व्यवसायीहरूको हकहितका लागि नेपाली कांग्रेस सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे।

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्याको समाधानका लागि लोकतान्त्रिक सोच भएका व्यवसायीहरूसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।


लोकतान्त्रिक यातायात व्यवसायी संघको पदस्थापन कार्यक्रममा बोल्दै देउवाले दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।


उनले भने,‘दुर्घटना न्यूनिकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीहरूको भूमिका महत्वपूर्ण छ। यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधान गर्न लोकतान्त्रिक यातायात व्यवसायी संघको अथक प्रयास र सहकार्य हुन आवश्यक छ ।’


सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताप्रति आस्था राख्ने व्यवसायीहरूको हकहितका लागि नेपाली कांग्रेस सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे।


कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले पनि सार्वजनिक यातायातसम्बन्धी सवालका जवाफ दिन कांग्रेस तयार रहनुपर्ने बताए ।


‘नेपाली कांग्रेस राष्ट्रिय पार्टी र शक्ति भएकाले प्रश्नहरूको जवाफ दिनुपर्छ । सार्वजनिक यातायातका विषयमा उठेका तमाम सवालहरूको उत्तर कांग्रेससँग के छ भन्ने जिज्ञासा सधैं आउँछ,’ थापाले भने, ‘यी प्रश्नहरूको उत्तर दिन हाम्रो विभागले तयारी गर्नुपर्छ ।’
उनले सार्वजनिक यातायात नीति, सुधार र दीर्घकालीन समाधानका विषयमा कांग्रेस स्पष्ट धारणा तयार पार्ने दिशामा रहेको पनि उल्लेख गरे । कार्यक्रममा विभिन्न यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार