सरकार प्रतिफल दिनसक्ने खालका आयोजनाको खोजीमा : मन्त्री दाहाल
२०८२ जेठ ३१ शनिवार
- शनिबार काठमाडौंमा आयोजित ‘दोलालघाट–चर्नावती सुरुङ्ग मार्ग निर्माण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिफल आउने खालको सडक आयोजनाको अध्ययन मन्त्रालयले गरिरहेको बताएका हुन् ।
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिफल पनि दिन सक्ने खालको आयोजनाको खोजी भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘दोलालघाट–चर्नावती सुरुङ्ग मार्ग निर्माण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिफल आउने खालको सडक आयोजनाको अध्ययन मन्त्रालयले गरिरहेको बताएका हुन् ।
उनले भने,‘आयोजनाहरु अगाडि बढाउँदा जनताको घनावस्ती भएको ठाउँ धेरै जनतालाई प्रभाव पार्ने ठाउँलाई प्राथमिकता दिन्छौं । यस्ता आयोजनाहरुको पनि खोजी गरिरहेको छौं । जुन आयोजनाले प्रतिफल पनि दिन सकोस् । ३०–४० वर्ष लाग्न सक्छ । त्यसको रिटर्न त आउनुपर्यो नि । प्रतिफल आउने खालको आयोजना सडकमा हुन्छ भने त्यसको अध्ययन पनि हामीले गरिरहेको छौं ।’
त्यस्तै उनले दोलालघाट चर्नावती सुरुङ्ग मार्ग निर्माणको विषयमा विभिन्न समस्या र चुनौतीहरु देखिएको भन्दै त्यसलाई पार गर्दै अगाडि बढ्नुपर्ने बताए । चर्नावती सुरुङ्ग मार्ग निर्माण दोलखाली जनताहरुको साझा अवधारणा बनेको भन्दै उनले खुसी व्यक्त गरे ।
उनले भने,‘दोलालघाट चर्नावती सुरुङ्ग मार्ग निर्माणको विषयमा भएका समस्याहरु चुनौतीहरुलाई पार गर्दै अगाडि बढ्नुपर्छ । अब राजनीतिलाई विकाससँग पनि जोड्नुपर्छ भनेको थियौं । त्यसको सुरुवात भएको जस्तो महशुस भएको छ । सुरुङ्ग मार्ग निर्माण दोलखाली जनताहरुको साझा अवधारणा बनेकोमा खुसी लागेको छ,’उनले भने
मन्त्री दाहालले अन्य विकासित देशहरुमा जनताको चासोले नै विकास सम्भव भएको भन्दै विकास निर्माणमा गहिरो चासो जनताले राख्यो भने देश छिटै अगाडि बढ्न सक्ने धारणा राखे ।
उनले देशमा केही भएको छैन् भन्ने गलत भाष्य निर्माण भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।