संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच २ बुँदे सहमति
२०८२ जेठ ३० शुक्रवार
- शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमति सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं : सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ ।
शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमति सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिपछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने जानकारी गराए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत ५ बुँदे प्रस्तावमा रास्वपाले भने अडान जारी राखेको छ ।
उक्त दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् । तर प्रचण्डले रास्वपालाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’