विद्युत प्राधिकरणको नकारात्मक विषय मात्रै सम्प्रेषण गरियो, यसले राम्रो गर्दैन् : मन्त्री खड्का
२०८२ जेठ ३० शुक्रवार
- शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नकारात्मक कुराहरु बढी सम्प्रेषण मात्रै भइरहेको बताए ।
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नकारात्मक कुराको मात्र बढी सम्प्रेषण भइरहेको बताएका छन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नकारात्मक कुराहरु बढी सम्प्रेषण मात्रै भइरहेको बताए ।
उनले उर्जा क्षेत्र भनेको मुलुकको एउटा ठूलो स्रोत रहेकाले यसको गलत सम्प्रेषण नगर्न आग्रह गरे । उनले मन्त्रालयले स्रोत र साधनलाई परिचालन गर्दा गरिबीको रेखामुनि रहेकाहरुलाई ध्यानमा राखेर दुईदेखि पाँच लाखसम्मको सेयर जनताले पाउनेगरी सस्तो दरमा व्याज लिने तयारी मन्त्रालयले गरिरहेको दाबी गरे । उनले सरकारले लगानी गरेका सस्थापनि मर्यादित बनाउन आवश्यक रहेको औल्याए ।
मन्त्री खड्काले भने,‘खर्बौंको राजस्व प्राप्त हुन्छ । लक्ष्य एकातिर हामी अर्को तिर लागि रहेका छौँ । त्यसैले लक्ष्यलाई पछ्याउनु पर्नेछ । विशेषगरि ज्यालादारी गर्ने व्यक्तिलाई बढी सेवा दिनु पर्छ भनेर कानुन ल्याइएको हो । जनताले गरेका समस्याका समाधान गराउन कर्तव्यतिर ध्यान दिन आवश्यक छ । विद्युत कसरी प्रवाह गर्न सकिन्छ त्यसप्रति ध्यान दिन जरुरी छ । सरकारले लगानी गरेका सस्थापनि मर्यादित बनाउन आवश्यक छ ।’
‘उर्जा क्षेत्र भनेको मुलुकको एउटा ठूलो स्रोत हो । सुरक्षित स्रोत माथिको अधिकार हरेक नागरिकको हुनुपर्छ । मन्त्रालयले स्रोत र साधनलाई परिचालन गर्दा गरिबीको रेखामुनि रहेकाहरुलाई ध्यानमा राखेर दुईदेखि पाँच लाखसम्मको सेयर जनताले पाउनेगरी सस्तो दरमा व्याज दिनेगरी तयारी मन्त्रालयले गरिरहेको छ । विद्युतीय क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’