‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’
२०८२ जेठ ३० शुक्रवार
- विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओवादी केन्द्र र नेकपा एमाले गम्भीर हुनुपर्ने बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् ।
विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओवादी केन्द्र र नेकपा एमाले गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको पाँचबुँदे प्रस्तावबारे छलफल अघि बढिरहेको छ । प्रमुख प्रतिपक्षी दलका नेताले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग समेत वार्ता गरेका छन् । छलफलको मूल बिन्दु छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा अझै निर्णयमा पुग्न सकेको छैन,’ उनले भने ।
उनले रास्वपा लचक नहुने भन्दै छानबिन संसदको कुनै विशेष समितिबाट नै गरिनुपर्ने बताए ।
‘रास्वपाले प्रस्तावमा उल्लेख गरिएका बुँदाहरूभन्दा बढी लचक हुने अवस्था नरहेको स्पष्ट पारेको छ । यसैबीच माओवादी केन्द्र र नेकपा एमालेबीच मुद्दा गम्भीर रहेको र यसलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको छ । माओवादी केन्द्रले यो विषयलाई गम्भीर ढंगले हेर्नुपर्ने र न्याय हुने ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिएको । पार्टीको धारणा अनुसार छानबिन कुनै विशेष समितिबाट नै गरिनुपर्ने र त्यसको लागि निश्चित तिथि र प्रक्रिया तोक्नुपर्ने हुन्छ,’ उनले भने ।
उनले प्रमुख तीन दलहरूले यो विषयको गम्भीरता बुझ्न जरुरी रहेको धारणा राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।