- शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरुले हिजोको जनयुद्धमाथि न्याय नगरेको भन्दै माओवादको नाममा ठगी धन्दा चलाएको बताए ।
काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी भन्ने पार्टीको नाम प्रयोग गरेर ठगी धन्दा भएको बताएका छन् ।
शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरुले हिजोको जनयुद्धमाथि न्याय नगरेको भन्दै माओवादको नाममा ठगी धन्दा चलाएको बताए ।
उनले भने, ‘शहिद भए, बेपत्ता भए, बलिदान भए भन्ने नाममा अहिले सत्ता कसले खाइरहेको छ, त्यसको ब्याज कसले खाइरहेको छ भन्दा माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरुले खाइरहेका छन् । तीनले हिजोको जनयुद्धमाथि न्याय गरेका छैनन् । शहिद बेपत्ता भएका मान्छेको रगत र बलिदानको उचित मूल्यांकन गरेका छैनन् । त्यसैले माओवाद अहिले एउटा ब्राण्ड जस्तो मात्र भएको छ । माओवाद भन्ने ब्राण्ड प्रसिद्ध छ तर त्यसको प्रयोग गरेर ठगी धन्दा भएको छ । हामीले त्यसको विरोध गरेका छौं ।’
यस्तै, उनले भएका उपलब्धी माथि टेकेर नेपाललाई समृद्धिकरणको दिशातिर लाने भनेर पार्टी सुरु गरेपनि बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि केही कमजोरीहरु गरेको बताए ।
उनले भने, ‘भएका उपलब्धी माथि टेकेर नेपाललाई अब समृद्धिकरणको दिशातिर लाने बेला हो भनेर पार्टी सुरु गरेका थियौ । तर हामी कहाँ चुक्यौ अथवा मेरो कमजोरी कहाँ भयो भनेर समीक्षा नै भएन् । संघीय लोकतान्त्रिक गणतन्त्र पनि गुम्ने हो की भन्ने जस्तो अवस्था छ । गणतन्त्रमा टेकेर मात्र समाजवादतिर जान सकिन्छ भन्ने अर्थमा जुन गणतन्त्र ल्याइयो त्यसमा व्यक्तिगत रुपमा बाबुरामकै जोड थियो । किनभने अरुले त गणतन्त्र छाड्दै गएका थिए । र यही गणतन्त्रको रक्षाको लागि नै केही कमजोरीहरु भएको हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’