सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड
२०८२ जेठ ३० शुक्रवार
- बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन् ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन् ।
बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन् ।
उनले भने,‘ हामी लिखित सहमती गर्ने ठाउँ तिर गयौ । आज मैले प्रतिपक्षहरुसँग छलफल गरिसकेपछि सत्तापक्षको साथिहरुसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिती छैन । जनमत जसरी गएको छ विषयको गम्भिरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र हैन । यो विगतदेखी नै लगातार अध्यागमनको समस्या भईरहेको छ ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अझै छलफल गर्न चाहेको बताए ।
‘सत्तापक्षको तर्फबाट छलफल गरेर हामीलाई छानविन गर्ने, अध्यन गर्ने र आवश्यक संरचना बनाएर ठोसरुपमा पहल लिने भन्ने प्रतिवद्धता दिइयो । यो प्रतिवद्धता पनि प्रतिपक्षमा सकरात्मक वातावरण बनेको छ । त्यसमा प्रतिपक्षका अझै साथिहरु छलफल गर्न चाहानु भएको छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’