काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो: अध्यक्ष यादव
२०८२ जेठ २९ विहिवार
- उनले भने,‘ मधेसीलाई हरेक कुरामा भेदभाव गरिएको छ । कवाडीहरुले काठमाडौंमा आन्दोलन गर्दा लाठी चार्ज भयो ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सबै मधेसीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा जसपाको काठमाडौं उपत्यका गठन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौंमा मधेसीहरु हेपिएको भन्दै आफ्नो हकको लागि एकढिक्का भएर आवाज उठाउने उद्देश्यले जसपाको काठमाडौं उपत्यका गठन गरिएको जानकारी दिए ।
उनले भने,‘ मधेसीलाई हरेक कुरामा भेदभाव गरिएको छ । कवाडीहरुले काठमाडौंमा आन्दोलन गर्दा लाठी चार्ज भयो । अरुले गर्दा केही भएन । त्यसैले हामी सबै मधेसी संगठित हुन आवश्यक छ । हामी एकढिक्का भयौं भने काठमाडौंमा कसैले दबाउन सक्दैन् । काठमाडौं बस्ने मधेसवालाहरुको संगठित गरेर पार्टीसँग जोडिएको छ ।’
उनले मधेसीहरुको जनसङ्ख्या धेरै भएपनि एकजुट हुन नसकेको कारण आफ्नो हकको लागि बोल्न नसकेको बताए । मुलुकको राजनीतिमा विसङ्गती र विकृति रहेको भन्दै राज्यले गरेको गलत कामलाई गलत भन्ने सामथ्र्य गठित संगठनले राख्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘हाम्रो यतिधेरै जनसङ्ख्या भएपनि एकजुट हुन सकेको छैन् । आफ्नो हकको लागि बोल्न सकेको छैन् । त्यसैले पार्टीमा विमर्श गर्यौं । मुलुकको राजनीतिमा विसङ्गती र विकृति छ । हामी त्यसमा खडा हुनुपर्छ । राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नुपर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’