राससबाट तामाङ भाषामा समाचार प्रकाशन सेवा सुरु गर्न तामाङ पत्रकार संघको माग
२०८२ जेठ २८ बुधवार
- संघले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । सिंहदरबार स्थीत मन्त्रालयमा पुगेर संघले ज्ञापन पत्र बुझाएको हो ।
काठमाडौं : तामाङ पत्रकार संघले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषमा समेत सामाचार प्रकाशन सेवा सुरु गर्न माग गरेको छ ।
संघले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । सिंहदरबार स्थीत मन्त्रालयमा पुगेर संघले ज्ञापन पत्र बुझाएको हो ।
संघले शिक्षा र सञ्चार क्षेत्रमा तामाङ भाषाको प्रयोग कम हुँदै गएको भन्दै राससले तामाङ भाषामा पनि समाचार प्रकाशन तथा प्रसारण सेवा दिनुपर्ने भन्ने माग गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै सञ्चार मन्त्री गुरुङले राससबाट तामाङ भाषाको समाचार सेवा सुरु गर्नुपर्ने माग पुरा हुन केही समय लागे पनि माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
हाल तामाङ भाषामा मासिक पत्रिका तामाङ डाजाङ नियमित प्रकाशित हुँदै आएको छ । नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रमा तामाङ भाषाका समाचार प्रसारण र प्रकाशन हुँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’