राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल

२०८२ जेठ २६ सोमवार
सारांश
  • सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरु र सरोकारवालाहरुससँग छलफल गरेर ठोस निर्णय लिने बताए ।

काठमाडौ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकका मुद्दाबारे छलफल भएको छ । 


सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरु र सरोकारवालाहरुससँग छलफल गरेर ठोस निर्णय लिने बताए । 


उनले पहिलाको विधेयक अनुसार अघि बढ्ने कि नयाँ विधेयक ल्याउनेबारे गृह मन्त्रालयसँग छलफल गर्ने समेत बताए । 


रक्षामन्त्री मानविर राईले गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकको समस्यालाई सम्बोधन गर्न नेपालको संविधान एव परिस्थिति अनुसार अघि बढ्ने बताए । उनले आजसम्म गरेका दुःखलाई एउटा शिक्षाको रुपमा लिन आवश्यक रहेको औंल्याए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार