हाम्रा भाषा, संस्कृति र सभ्यताहरु हराउँदै गइरहेका छन् : मन्त्री अधिकारी

२४ जेठ, २०८२, शनिवार
सारांश
  • मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवद्र्धन विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको मूल्य, मान्यताहरु हराउँदै गर्दा संस्कृति एवम सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताएका हुन् ।

काठमाडौं :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हाम्रा भाषा, संस्कृति र सभ्यताहरु हराउँदै गइरहेको बताएका छन् ।


मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवद्र्धन विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको मूल्य, मान्यताहरु हराउँदै गर्दा संस्कृति एवम सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताएका हुन् ।


उनले भने, ‘हाम्रा भाषा, संस्कृतिहरु अहिले मेटिँदै गएका छन् । हराउँदै गएका छन् । हाम्रो सभ्यताहरु समेत हराउँदै गइरहेका छन् । अनुशासन, मूल्य, मान्यताहरु हराउँदै गएको महशुस भइरहेको छ । यसलाई सबैले ध्यान दिएनौं भने भोलिको पुस्ताले के गर्लान यो सोच्न आवश्यक छ । संस्कृति सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ ।’


साथै उनले अहिलेको आवश्यकता र  मागलाई बुझ्दै सुधार गर्दै जानुपर्ने अवस्था रहेको समेत बताए । उनले अहिले सरकारले संविधानमा देखिएका कमिकमजोरीहरुलाई शंसोधन गर्ने कुरा उठाएको र त्यसलाई शंसोधन गर्दा आवश्यक कुराहरु के छन् त्यतातिर सरकारको ध्यान जानुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार