माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
२०८२ जेठ २३ शुक्रवार
- शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतिक्षित दुवै विधेयक यही अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरे ।
विराटनगर : नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन पारित गरिने स्पष्ट पारेका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतिक्षित दुवै विधेयक यही अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरे ।
राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित केही नेतामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दा नियमित प्रकृयाअनुसार भएको मन्त्री गुरुङको भनाइ छ ।
गृहमन्त्री रमेश लेखकविरुद्ध विपक्षीले उठाएको राजीनामाको मागप्रति असहमति जनाउँदै मन्त्री गुरुङले राजनीतिक प्रतिसोधस्वरूप यस्तो माग गरिएको टिप्पणी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’