देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

२२ जेठ, २०८२, बिहीवार
सारांश
  • सरकारले ल्याउने बजेटबाट कुनै न कुनै पक्ष सँधै असन्तुष्ट रहने भएकाले त्यसतर्फ ध्यान नदिन आग्रह गरे ।

जनकपुर: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् । 


बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको जनाए ।


सरकारले ल्याउने बजेटबाट कुनै न कुनै पक्ष सँधै असन्तुष्ट रहने भएकाले त्यसतर्फ ध्यान नदिन आग्रह गरे ।


त्यस्तै उनले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको पनि स्पष्ट गरेका छन् । उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने दाबीसमेत गरेका छन् ।


सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए ।


उनले राजावादीहरुको आन्दोलन तुहिसकेकाले त्यस विषयमा कुरा गर्नु कुनै औचित्य नरहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार