- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिक्रिया दिँदै उनले यो प्रतिशोधपूर्ण भएको बताए ।
रौतहट: पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिक्रिया दिँदै उनले यो प्रतिशोधपूर्ण भएको बताए ।
पूर्वप्रधानमन्त्री नेपाल गृह जिल्ला रौतहट क्षेत्र नं–१ मा बिहीबार जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले सो कुरा बताएका हुन ।
आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको उनले आरोप लगाए । पतन्जलीजस्तो संस्थामा त्यस्तो होला भन्ने आफूले कल्पना पनि नगरेको उनले बताए ।
यद्यपि, आफूले जग्गा उपलब्ध गराएको र जग्गा खरिद प्रकरणमा आफ्नो कुनै हात नरहेको र त्यसमा तलमाथि भएको भए त्यसको जिम्मेवार कर्मचारी भएको नेता नेपालले जिकिर गरे । अब आफू कानुन व्यवसायीसँग परामर्श गरेर कानुनी प्रक्रियाको सामना गर्न तयार बताए ।
उनका स्वकिय सचिव लक्ष्मण रेग्मीका अनुसार गौरमा रहेका अध्यक्ष नेपाल हुलाकी राजमार्ग हुँदै सिमरा गएका हुन् । अहिले ४ः३० बजेको प्लेनबाट उनी काठमाडौँ उड्ने तयारी रहेको उनले बताए ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’