माधव नेपालले प्रधानमन्त्रीलाई जोडेर प्रतिशोधपूर्ण अभिव्यक्ति दिनुभयो : सांसद बर्तौला

२२ जेठ, २०८२, बिहीवार
सारांश
  • बिहीबार संसदभवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुको फितलो टिप्पणी गर्नु उपयुक्त नहुने बताए ।

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । 


बिहीबार संसदभवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुको फितलो टिप्पणी गर्नु उपयुक्त नहुने बताए । 


उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो उहाँहरुको । अरू केही नभएपछि यसप्रकारको आरोप लगाउने कुरा गर्नु उपयुक्त होईन् । यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन । संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा हरेक कार्यमा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरु यसप्रकारको फितलो टिप्पणी गर्नु राम्रो हुँदैन ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार