नीतिमा उल्लेख भएपनि बजेटको अभावले कार्यान्वयनमा समस्या छ : मन्त्री गुरुङ
२०८२ जेठ २१ बुधबार
- बुधबार काठमाडौंमा आयोजित प्रथम दिवसिय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सञ्चार मन्त्रालयमा बजेटको कमि भएको भन्दै नीतिमा धेरै कुरा उल्लेख गर्ने तर पैसा नहाल्दिने हुँदा कार्यान्वयनमा समस्या हुने बताए ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नीतिमा धेरै कुरा उल्लेख गर्ने तर बजेट नहाल्दिने भएपछि कार्यान्वयनमा समस्या आउने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित प्रथम दिवसिय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सञ्चार मन्त्रालयमा बजेटको कमि भएको भन्दै नीतिमा धेरै कुरा उल्लेख गर्ने तर पैसा नहाल्दिने हुँदा कार्यान्वयनमा समस्या हुने बताए ।
उनले भने, ‘अर्थमन्त्रालयले हाम्रो कुरा बुझ्दैन् रहेछ । अर्थ मन्त्रालयले बजेट ल्यायो, के ल्यायो भन्दा हामीलाई केही पनि छैन् जस्तै छ हाम्रो अवस्था, नीतिमा धेरै कुरा उल्लेख गर्ने पैसा नहाल्दिने भएपछि कसरी कार्यान्वयन हुन्छ । हामीले पैसा खोजेर काम गर्नुपर्ने अवस्था छ ।’
यस्तै, उनले सबै लोप हुदैँ गएको पशु र कृषिजन्य कुराहरुको संरक्षण गर्ने काम पनि हुलाक सेवा विभागले गर्नुपर्ने बताए ।
उनले भने, ‘सबै लोप हुदैँ गएको पशु र कृषिजन्य कुराहरुको संरक्षण गर्ने काम हुलाक सेवा विभागले गर्नुपर्ने छ किनभने पशु विज्ञान केन्द्र र कृषि ज्ञान केन्द्र के गरिरहेको छ थाहा छैन् । उनीहरुलाई पनि भन्नु पर्ने छ । यी सबै कुराको संरक्षण किन गर्नुपर्छ भने यति धेरै हाम्रो कृषिको प्रजातीहरु लोप भईसकेका छन् । त्यसकारण पनि हामीले यस्तो कुराहरुमा ध्यान दिनुपर्छ ।’
मानव समाज सभ्यताको बारेमा भावी पुस्ताको लागि काम लाग्ने कुरामा बढि ध्यान दिएर काम गर्नुपर्ने भन्दै उनले अर्को पालि कृषि, पशु, औषधी र जडिबुटिका क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
सोही कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले राष्ट्रसन्त स्वामी श्री परमानन्द सरस्वती महाराज र प्रकृतिलाई जोगाउने महत्वपूर्ण प्राणिको टिकटमा टाँचा लगाएको जानकारी दिएकी छन् ।
उनले भनिन्, ‘प्रकृतिलाई जोगाउने अनुशासित प्रयास जो हाम्रो मानव जीवनसँग प्रत्यक्ष संलग्न छन् । उनीहरु बिना हाम्रो जीवन छैन् । त्यो महत्वपूर्ण प्राणिको टिकटमा टाँचा लगाएका छौ । अर्को मानवलाई प्रकृतिसँग जोड्ने र फेरि प्रकृतिकै पूजा गर्न सिकाउने राष्ट्रसन्त स्वामी श्री परमानन्द सरस्वती महाराजको टिकटमा टाँचा लगाएका छौ । यी दुवै विषयको सारै महत्व भएको हुनाले यसको संरक्षणको लागि पनि टिकट बनाएको हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।