विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छः सभापति देउवा

२०८२ जेठ २१ बुधबार
सारांश
  • बुधबार नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा उनले विभेदका अवशेषहरू अझै रहेको भन्दै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहेको बताएका हुन् ।

कांठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन् ।

 
बुधबार नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा उनले विभेदका अवशेषहरू अझै रहेको भन्दै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहेको बताएका हुन्  ।  


उनले वर्तमान संयुक्त सरकारका माध्यमबाट पनि विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ लाग्नु पर्ने पनि धारणा राखे । 


सभापति देउवाले  दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ–संगठन र विशेष गरेर नेपाल दलित संघले जुझारू ढंगले विभेदविरुद्ध आवाज वुलन्द गर्ने र राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्ने बताए । 


कार्यक्रममा बोल्दै उनले २०४९ सालमा मुलुकी ऐन संशोधन गरी जातीय भेदभाव र छुवाछुतको व्यवहारलाई दण्डनीय बनाएको पनि बताएका छन् । उनले आफू नेतृत्वको कांग्रेसको सरकारले २०५२ सालमै दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रम ल्याएको र २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन गरेको समेत बताए ।

 
उनले ‘ संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको  छ ।  विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहँदै आईरहेको छ र लागिरहने छ । अहिलेका यी वर्तमान संयुक्त सरकारका माध्यमबाट पनि विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ लाग्नु पर्ने देखिएका छन्, साथै दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ–संगठन र विशेष गरेर नेपाल दलित संघले जुझारू ढंगले विभेदविरुद्ध आवाज वुलन्द गर्ने र राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्ने हुन्छ । २०४९ सालमा मुलुकी ऐन संशोधन गरी जातीय भेदभाव र छुवाछुतको व्यवहारलाई दण्डनीय बनाएको छ ।  मेरो  नेतृत्वको कांग्रेसको सरकारले २०५२ सालमै दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रम ल्याएको र २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन गरेको थियो  । 


धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा र सुन्दा अत्यन्तै पीडाबोध हुने उनले सुनाए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार