संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै

२०८२ जेठ २१ बुधबार
सारांश
  • बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बैठक बोलाइएको हो । उक्त बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

काठमाडौं : राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दैछ । 


बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बैठक बोलाइएको हो । उक्त बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन् ।


बैठकमा पहिलो चरणको आन्दोलनको समिक्षा तथा सरकारको दमनकारी नीतिलाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिने प्रेस प्रेस विज्ञप्ति मार्फत बताइएको छ । 


संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट पहिलो चरणको एक हप्ता लामो राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरेको थियो । 


‘संयुक्त जनआन्दोलन समितिको आह्वानमा जारी पहिलो चरणको एक हप्ता लामो जनआन्दोलनको कार्यक्रम सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ । आन्दोलनमा सहभागी सबै स्वाभिमानी नेपालीहरुमा हार्दिक धन्यवाद छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार