नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजका साथ अघि बढ्छ : मन्त्री पाण्डे
२०८२ जेठ २१ बुधबार
- नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालको कसैसँग दुश्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले अगाडी बढ्ने बताएका हुन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विनम्र र बुलन्द आवाजकासाथ अगाडी बढ्ने बताएका छन् ।
नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालको कसैसँग दुश्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले अगाडी बढ्ने बताएका हुन् ।
उनले भने, ‘पछिल्लो समय सकारात्मक भन्दा पनि नकारात्मक सन्देश फैलाउन खोज्ने हावी भएको देखिन्छ । नेपालको कसैसँग दुश्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले नेपाल अब पछाडि फर्कने अवस्थामा नरहेकाले नेपाल विनम्र र बुलन्द आवाजकासाथ अगाडी बढ्छ ।’
आर्थिक तथा सामाजिक विकासमा महत्वपुर्ण भूमिका खेल्ने कला,संस्कृति राष्ट्रिय गौरव भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेछ ।’ मन्त्री पाण्डेले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताए ।
साथै, उनले सार्वजनिक र निजी क्षेत्रबीच बलियो सहकार्य बढाउनुपर्ने समेत बताए ।
नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले आयोजना गरेको मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ । नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा सो मार्ट आयोजना गरिएको हो ।
मार्ट अन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।