संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्यो : प्रचण्ड
२०८२ जेठ २० मंगलवार
- मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएपनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिचौलियाहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएपनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए ।
उनले भने, ‘हामीले आर्थिक पछ्यौटेपनका विरुद्ध आर्थिक समृद्धिका लागि क्रमश कदम चाल्दै अगाडि बढेकै हो । अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको लागि पनि हामीले काम गरेकै हो । चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस, चाहे अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो । तर प्रतिक्रियावादी, दलाल, नोकरसाहा र बिचौलियाहरुलाई त्यो सहिए भएन, र उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए ।’
यस्तै, उनले बढि नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा बढि सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान सफल हुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’