- विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका बेला गृहमन्त्रालयमा दुवैपक्षबीच आज विहान छलफल भएको हो ।
काठमाडौं : गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरुबीच छलफल भएको छ ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले छलफलमा वार्ता कमिटी गठन गरिने सहमति भएको बताए ।
उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरुले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरी नै चल्ने बताए ।
उनले भने, ‘हामीले सरकारसँग धेरै पटक सम्झौताहरु सरकारसँग गर्यौं । यसपाली उधारो सम्झौंता गर्नेवाला छैनौं । कुनै नाजयज मागहरु राखेका छैनौं । गण्डकी प्रदेश सरकारले गैरकानुनी रुपमा राइड सेयरिङलाई मान्यता दिएको छ यो फिर्ता लिनुपर्छ भनेका हौं । तर आजको छलफलमा वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । वार्ता कमिटीमा यातायातका चार र अन्य मन्त्रालयका सात गरि ११ जनाको वार्ता कमिटि गठन गरेर आजबाटै छलफल हुने सहमति भएको छ । आज दिनभरी नै बसेर यसको निचोड निकालेर प्रदेश सरकारले ल्याएको राइड सेयरिङको मान्यतालाई स्थगन गर्ने गरेका आन्दोलनलाई पनि सघन गर्नेगरी अगाडि बढ्ने वातावरण बनाउनका लागि अनुरोध गरेका छौं । अब यातायातमा कहिले पनि आन्दोलन नहुने गरेर एउटा वातावरण बनाउनुपर्छ ।’
विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ । विशेषगरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’