समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दै छौं : गर्भनर

२०८२ जेठ १९ सोमवार
सारांश
  • बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संसोधन गर्न बनेको विद्येयकका सम्बन्धमा अर्थमन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंक बिच सोमबार अर्थ समितीमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् ।


बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संसोधन गर्न बनेको विद्येयकका सम्बन्धमा अर्थमन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंक बिच सोमबार अर्थ समितीमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।


ठुलो मात्रामा विदेशी रकम सञ्चीत हुँदा तरलता थुप्रिएको र अर्थतन्त्रमा त्यसले प्रभाव पारेको बताउँदै उनले आगामी दिनमा सबैभन्दा तल्लो बर्गलाई ऋण उपलब्ध गराउने र त्यसले केहि हदसम्म अर्थतन्त्र गतिशील हुन सहयोग गर्नसक्ने धारणा व्यक्त गरे । उनका अनुसार यतिबेला नेपालमा करिब १७÷१८ अर्ब डलर विदेशी मुद्रा संञ्चीत रहेको छ ।


‘एकै व्यक्ति वा संस्थाले ठुलो मात्रामा ऋण पाउनु भन्दा सोहि ऋण धेरै जनाले पाउँदा पनि अर्थतन्त्र अझ बढी चलायमान हुन्छ । त्यसलै सबैभन्दा तल्लो बर्गले पनि ऋण पाओस भन्ने हाम्रो मनशाय हो,’ छलफलमा बोल्दै उनले भने । त्यस्ता बर्गको अवस्था बुझ्न आफु केहि दिन पश्चिम नेपालको भ्रमणमा जान लागेको समेत उनले उल्लेख गरे ।


यतिबेला अधिकांश व्यवसाय राम्रोसँग नचलेको उदाहरण दिंदै उनले सोहि कारण खराब ऋण बढ्दै गएको बताए । खराब ऋण बढ्नै जानुको मुख्य कारण अझैंपनि नेपालमा उद्यमशिलता बलियोगरी स्थापित नहुनुले भएको उनको भनाई छ । व्यवसायी असफल हुँदा खराब ऋण बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा असर गर्ने बताउँदै उनले खराब ऋणलाई कम गर्ने र समग्र अर्थतन्त्र चलायमान बनाउन आफुले गृहकार्य गरीरहेको बताएका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार