- आइतबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) तेस्रो राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै उनले यथास्थितिवादको राजनीति संविधान र गणतन्त्रका लागि खतरा बनेको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) तेस्रो राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै उनले यथास्थितिवादको राजनीति संविधान र गणतन्त्रका लागि खतरा बनेको बताएका हुन् ।
उनले भने, ‘संंविधानको रक्षाको पक्षमा उभिनेहरूसँग कार्यगत एकता वा तालमेल हुनसक्छ । तर, प्रतिगमनको नाममा भ्रष्टाचारलाई संरक्षण गर्ने र इमानदारमाथि कारबाही गर्ने कार्यहरूलाई समर्थन गर्न सकिन्न । तर अहिले प्रतिगमनले जसरी टाउको उठाएको छ त्यो गणतन्त्र समर्थन गरिदिएको भरमा भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमानदारहरुलाई कारवाही गर्ने सरकारबाट भएको छ । यसका कारणले पनि प्रतिगमनले टाउको उठाउने मौका पाएका छन् । हामी यथास्थितीवादलाई वैचारिक राजनीतिक रुपले कहिकतै छुट दिन सकिने ठाउँमा छैनौं । अहिलेको सरकार र त्यसको नेतृत्ववालाहरुले यथास्थितीवादी धाराहरुको प्रतिनिधित्वो गरिरहनु भएको छ । उहाँहरु परिवर्तन र प्रगतिको पक्षमा नभइ जनताले पाएको अधिकारलाई पनि खोस्ने लाइनमा हुनुहुन्छ ।’
प्रचण्डले संविधानको रक्षालाई माओवादी केन्द्रको प्रमुख प्राथमिकता भएको बताए । उनले वर्तमान सरकार यथास्थितिवादी धाराको प्रतिनिधि बनेको र जनताको अधिकार खोस्ने दिशामा अघि बढिरहेको आरोप लगाए ।
साथै उनले हालको सरकारप्रति आफ्नो पार्टीले निरन्तर खबरदारी गर्दै आएको र भ्रष्टाचारविरुद्धको अभियान पनि चलाइरहेको बताए ।
उनले भने, ‘एकातिर सरकारलाई निरन्तर खबरदारी गरिराखेका छौं भने अर्को भ्रष्टाचार विरोधी अभियान थालेका छौं । हामीले केही राम्रा रेर्कडहरु बनाएकै छौं ।’
राजावादी शक्तिहरूले गणतन्त्र माओवादीकै उपलब्धि मात्र भएको भन्दै भ्रम फैलाउन खोजेकोप्रति प्रचण्डले आपत्ति जनाए । साथै उनले उनले आगामी दिनहरूमा प्रतिगमनविरुद्ध अझ बलियो प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।