पत्रकारिता क्षेत्रका लागि राज्यले व्यवस्थित योजना ल्याउनुपर्छ : मन्त्री पौडेल
२०८२ जेठ १८ गते आइतवार
- नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा वृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि अझैं पत्रकारिता जगत जोखिमै रहेको बताएका हुन् ।
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत अत्यन्तै जोखिममा रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा वृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि अझैं पत्रकारिता जगत जोखिमै रहेको बताएका हुन् ।
उनले भने, ‘पत्रकारिता जगत अत्यन्तै जोखिममा छ । एकदमै महत्वपूर्ण भूमिका पत्रकारहरुले निर्वाह गर्नुभएको छ । वास्तवमा लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । देशका निम्ती, समाजका निम्ती बोलिरहने पत्रकारहरुको आफ्नो निम्ती के भैइरहेको छ भन्ने कुरा राज्यले धेरै ख्याल गरिरहेको छ जस्तो देखिँदैन । ’
साथै उनले पत्रकारिता क्षेत्रका लागि एउटा व्यवस्थित योजनाका साथ राज्य अगाडि जानुपर्ने बताए । उनले पारदर्र्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ती पत्रकार जगतको उपस्थिती अनिवार्य रहेकाले यो जगतमा काम गर्नेहरुलाई उत्साहित बनाउन जरुरी रहेको बताए ।
उनले भने, खासगरी पत्रकारिता क्षेत्रका लागि हामीले एउटा व्यवस्थित योजनाका साथ अगाडि जानुपर्छ । समाजका निम्ती पारदर्र्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ती पत्रकार जगतको उपस्थिती अनिवार्य छ । यो जगतमा काम गर्नेहरुलाई उत्साहित बनाउन जरुरी छ । जिवन निर्वाहको व्यवस्थित अवसर पत्रकारिताभित्र हुनुपर्छ भन्ने विषयलाई आत्मसात गरेर त्यहि अनुसारको योजनाहरु बनाइनुपर्छ । पत्रकार महासंघको सदस्य संख्या कति हो ? त्यसको यकिन विवरण हामीलाई दिएर त्यो सदस्य संख्याको आधारमा हामीहरुले पत्रकारहरुलाई निशुल्क उपचार गराउन मन्त्रालय तत्पर छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।