जलवायु न्यायका लागि नेपालले विश्वसामु स्पस्ट धारण धारणा राख्नुपर्छ : देउवा
२०८२ जेठ १८ गते आइतवार
- सोमबार नेपाली काँग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको चपेटामा पर्नु अन्यायपूर्ण अवस्था भएको भन्दै अन्य राष्ट्रहरुले कार्वन उत्सर्जन रोक्नुपर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई गम्भिर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन गर्न रोक्नुपर्ने बताएका छन् ।
सोमबार नेपाली काँग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको चपेटामा पर्नु अन्यायपूर्ण अवस्था भएको भन्दै अन्य राष्ट्रहरुले कार्वन उत्सर्जन रोक्नुपर्ने बताए ।
उनले भने, ‘अव ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन रोक्नको निम्ति उत्तिकै आवश्यक छ । केही राष्ट्रहरुले कार्वन उत्सर्जन उच्च रुपमा बढाइरहँदा जलवायु परिवर्तनको ढृष्टिकोणले संवेदनशील राष्ट्रहरुले यस अवस्थामा भोगिरहनु अन्यायपूर्ण अवस्था हो ।’
सभापति देउवाले नेपालले जलवायु न्यायको लागि विश्वसामु आफ्नो स्पस्ट धारण राख्नु आवश्यक रहेको पनि बताए । उनले सहजताको नाममा प्लास्टिकको प्रयोगले वातावरणमा नकरात्मक प्रभाव परेकोले यसबाट माथी उठ्नुपर्ने बताए ।
‘हामीले प्लास्टिकका झोला र बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध अन्य वैकल्पिक साधनहरुको प्रयोग गर्दै आइरहेका छौ । सहजताको नाममा प्लास्टिकको प्रयोगले हाम्रो वातावरणमा परेको नकरात्मक प्रभावबाट माथी उठ्नुपर्ने समय आएको छ । यसमा पार्टीका सबै तहबाट सहयोग र समर्थन हुने विश्वास लिएको छु,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।