गणतन्त्रको रक्षा गर्दै समुन्नत नेपाल बनाउनु सबैको साझा दायित्व हो : पूर्वराष्ट्रपति भण्डारी
२०८२ जेठ १५ गते बिहिबार
- बिहीबार गणतन्त्र दिवसको अवसरमासामाजिक सञ्जालमार्फत शुभकामना दिँदैउनले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताईन् ।
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउनु सबैको साझा दायित्व भएको बताएकी छिन् ।
बिहीबार गणतन्त्र दिवसको अवसरमासामाजिक सञ्जालमार्फत शुभकामना दिँदैउनले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताईन् ।
उनले राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको भन्दै शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएको धारणा राखिन् ।
साथै उनले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गरेकी छन् ।
उनले आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’