आन्दोलन भद्र अवज्ञा र सत्याग्रह स्वरूप हुनेछ, हजारौं मानिस काठमाडौ आएका छन् : कमल थापा
२०८२ जेठ १५ गते बिहिबार
- पार्टी अध्यक्ष कमल थापाका अनुसार आन्दोलन आज (बिहीबार) काठमाडौंको रत्नपार्कबाट सुरु भएको हो । दिनको १२ बजे रत्नपार्कमा भेला भइ जुलुस र प्रदर्शनसहितको कार्यक्रम तय गरिएको छ ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्पमा राजासहितको लोकतन्त्रको माग गर्दै आन्दोलन सुरु गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाका अनुसार आन्दोलन आज (बिहीबार) काठमाडौंको रत्नपार्कबाट सुरु भएको हो । दिनको १२ बजे रत्नपार्कमा भेला भइ जुलुस र प्रदर्शनसहितको कार्यक्रम तय गरिएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा कमल थापाले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । उनले जनताको विशाल उपस्थितिका आधारमा एजेण्डाहरु स्थापित गराउन चाहेको बताएका हुन् ।
उनले भने, ‘ढुंगामुडा र अराजकता होइन, जनताको विशाल सहभागिता र शान्तिपूर्ण दबाबमार्फत आफ्नो एजेन्डा स्थापित गर्ने रणनीति पार्टीले बनाएको छ । जेठ १५ गतेदेखि आन्दोलन सुरु हुँदैछ । आन्दोलनमा भाग लिनको निमित्त देशका विभिन्न जिल्लाहरुबाट धेरै ठूलो संख्यामा सहभागीहरु काठमाडौं आइपुगिसक्नु भएको छ । बिहीबार(आज)दिनको १२ बजे काठमाडौंको रत्नपार्कमा भेला भएर आन्दोलन र जुलुस प्रदर्शनका कार्यक्रमहरु रहेका छन् । आन्दोलनलाई नितान्त शान्तिपूर्ण बनाउनका निम्ति हामीले हर सम्भव प्रयास गरिराखेका छौं । वास्तवमा ढुंगामुडा गरेर अराजक अवस्था सिर्जना गरेर होइन कि जनताको विशाल उपस्थितिका आधारमा एजेण्डाहरु स्थापित गराउन चाहन्छौं ।’
थापाका अनुसार देशका विभिन्न जिल्लाबाट हजारौं संख्यामा आन्दोलनमा भाग लिनका लागि सर्वसाधारण काठमाडौं आइपुगेका छन् । आन्दोलन भद्र अवज्ञा र सत्याग्रहको स्वरूपमा सञ्चालन गरिने जनाइएको छ ।
उनले भने, ‘विगत १९ वर्षदेखि कायम रहेको संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको छ । देश संकटमा छ, जनता भ्रष्ट शासन र व्यवस्थाबाट मुक्तिको खोजीमा छन् ।
बहुसंख्यक जनता विगतमा हिन्दुराष्ट्र र राजसंस्थालाई पाखा लगाउनु गलत भएको कुरा महशुस गरिराखेका छन् । जनआन्दोलनको बलमा सहमति र सम्झौंता कायम गरेर हिन्दु राष्ट्र राजसंस्था पुर्नस्थापना गराउने आम जनताको चाहना भएकाले धेरै ठूलो संख्यामा जनताको सहभागिता हुनेछ भन्ने विश्वास लिएका छौं । हाम्रो रणनीति भनेकै शान्तिपूर्ण ढंगबाट आन्दोलन अगाडि बढाउने भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरुप हुनेछ ।’
यसैगरी थापाले राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि जनआन्दोलनको बाटो रोजेको बताए । उनले नेपालको भूराजनीतिक अवस्था, धार्मिक–सांस्कृतिक परिवेश र पछिल्लो १८–१९ वर्षको अनुभवका आधारमा राजासहितको लोकतन्त्रलाई नेपालका लागि उपयुक्त विकल्पका रूपमा औंल्याए ।
उनले भने, ‘हामी प्रजातन्त्रकै पक्षमा छौं, तर त्यो राजासहितको लोकतन्त्र हुनुपर्छ, जनताले त्यही खोजिरहेका छन् । नेपालको भूराजनीतिक अवस्था, धार्मिक, सामाजिक, सांस्कृतिक परिवेश र यो १८÷१९ वर्षको अनुभवलाई दृष्टिगत गर्ने हो भने नेपालको निमित्त नेपालको राष्ट्रिय अस्तित्व सुरक्षित राख्नको निमित्त प्रजातन्त्रलाई बलियो बनाउनको निमित्त, आर्थिक विकास र समृद्धि कायकका निमित्त पनि राजासहितको लोकतन्त्र नै उपयुक्त हुन्छ ।’
यसैगरी उनले काठमाडौंका जनतालाई हरेक परिवर्तनमा निर्णायक भूमिका खेलेको स्मरण गराउँदै यस आन्दोलनमा पनि त्यस्तै भूमिका रहने विश्वास व्यक्त गरे । राप्रपा नेपालले आन्दोलनलाई स्वतःस्फूर्त जनआन्दोलनको रूपमा चित्रित गर्दै ठूलो जनसमूहको सहभागिता रहेको दाबी गरेको छ ।
थापाले पछिल्लो समय सार्वजनिक भएका भ्रष्टाचारका घटनालाई आन्दोलनको प्रमुख कारणका रूपमा उठाएका छन् । उनले पछिल्लो राजनीतिक घटनाक्रम भनेको अस्थिरता र अराजकताको घटनाक्रम भएको बताए ।
उनले भने, ‘राज्यको गृहमन्त्रालयसम्म संलग्न रहेको डरलाग्दो भ्रष्टाचार प्रकरण सार्वजनिक भइसकेको छ, भिजिट भिसाको नाममा मानव तस्करी र करोडौं रुपैयाँ असुली भइरहेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम भनेको अस्थिरता र अराजकता हो । यो राजनीति भ्रष्टाचारको विगविगी हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।