चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन

२०८२ जेठ १५ गते बिहिबार
सारांश
  • बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् ।

काठमाडौं : सरकारले चैते धान खेतीलाई प्रवद्र्धन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ ।


बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् ।


उनले भने, ‘चैते धान खेतीलाई प्रवद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेका छौं ।  सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ ’


सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धान खेतीलाई प्रवद्र्धन गर्ने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार