सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस, राष्ट्रपति सहभागी
२०८२ जेठ १५ गते बिहिबार
- त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो । साथै सो अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरियो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित विशेष समारोहमा सहभागी भएका छन् ।
त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो । साथै सो अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरियो ।
समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष,मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएको थिए ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरियो । कार्यक्रममा विविध साँस्कृतिक झाँकी प्रदर्शन र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्चपास प्रस्तुत भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’